दफा ५८१
मर्मत सुधार गर्न दिएको वस्तु फिर्ता गर्नु पर्नेः

(१) कसैले कुनै वस्तु मर्मत, सुधार वा कुनै तरिकाले पुनर्निर्माण गर्न कसैलाई दिएकोमा त्यस्तो व्यक्तिले त्यस्तो वस्तु करारमा निर्धारित अवधिभित्र मर्मत, सुधार वा पुनर्निर्माण गरी त्यस वापत लागेको खर्च वा सेवा शुल्क लिई सम्बन्धित धनीलाई फिर्ता गर्नु पर्नेछ । त्यसरी निर्धारित समयभित्र फिर्ता नगरेमा वा मर्मत, सुधार वा पुनर्निर्माण गर्दा थप हानि, नोक्सानी पु¥याएमा वा पुनः प्रयोग हुन नसक्ने गरी क्षति पु¥याएमा निजले करारमा व्यवस्था भएकोमा सोही बमोजिम र नभएकोमा मनासिब क्षतिपूर्ति सम्बन्धित धनीलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वस्तु मर्मत, सुधार वा पुनर्निर्माण गर्दा लागेकोे खर्च वा सेवा शुल्क चुक्ता नभएसम्म त्यस्तो वस्तु मर्मत, सुधार वा पुनर्निर्माण गर्ने व्यक्तिले राख्न सक्नेछ र त्यस्तो खर्च वा सेवा शुल्क मनासिब समयभित्र चुक्ता नभएमा निजले त्यस्तो वस्तु बिक्री गरी आफ्नो खर्च वा सेवा शुल्क असूल गर्न सक्नेछ ।